पहिरोले ट्याक्टर र जेसिबी पुरिँदा एकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

पहिरोले ट्याक्टर र जेसिबी पुरिँदा एकको मृत्यु

पाल्पा । पाल्पा जिल्लाको तिनाउ गाउँपालिका –६ डुँम्रे स्थित भित्री कच्ची सडकमा पहिरोले ट्याक्टर र जेसिबी पुरिँदा एकको मृत्यु भएको छ ।

डुँम्रेबाट होलीघाटतर्फ ढुङ्गा लोड गरी जाँदै गरेको लु ४ त ६६२९ नम्वरको ट्याक्टर पहिरोले पुरिँदा ट्याक्टर सहयोगी बर्दिया अस्मेरी गाउँपालिका –३ का २७ वर्षीय महेन्द (मुमलाल) पुनको मृत्यु भएको हो ।

पुनको उपचारका क्रममा तानसेस्थित लुम्बिनी मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनी डुँम्रेमा अस्थायी रुपमा बसोबास गर्दै आएका थिए ।

ट्याक्टर हिलोमा फस्न जाँदा लु १ क २४९६ र लु १ क २४९७ नम्वर को जेसिबीले ट्याक्टर निकाल्ने क्रममा अचनाक माथिबाट खसेको पहिरोले ट्याक्टर र जेसिबी पुरिँन जाँदा लु १ क २४९६ नम्वरको जेसिबी चालक रैनादेवी छहरा गाउँपालिका–१ का २० वर्षीय सरोज बुढा घाइते भएका छन् । घाइते उनको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);