सर्लाहीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

सर्लाहीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

motercycle durghatana

राजिव शाह,
सर्लाही । सर्लाहीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । सर्लाही लालबन्दी नगरपालिका-१७, रानिगन्जमा शुक्रबार राति ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।

सर्भिसिङ गराएर ट्याक्टरधनी आफैले घरतर्फ लिएर जाँदै गरेको लु २ त ८६२४ नम्वरको ट्याक्टर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा ट्याक्टर चालक लालबन्दी नगरपालिका-१६, परवानिपुरका ४० वर्षीय रामहरि कार्कीको मृत्यु भएको हो ।

शुक्रबार राति साँढे ९ बजेतिर कार्कीले चलाएको ट्याक्टर रानिगन्ज चौकबाट करिव दुई सय मिटर भित्र (उत्तर तर्फ) रानिगन्जबाट परवानितपुरतर्फ जाने सडकमा दुर्घटनामा परेको हो ।

प्रहरीका अनुसार ट्याक्टर अनियन्त्रित भई ११ हजार भोल्टको बिजुलीको पोलमा गएर ठोक्किएको थियो । ट्याक्टरले ठक्कर दिएर बिजुलीको पोल भाँचिदा चालक कार्कीलाई करेन्ट समेत लागेको प्रत्यक्षदर्शीले बताएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);