बाजुरामा ट्याक्टर दुर्घटना,४ जनाको घटनास्थलमै मृत्यु | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

बाजुरामा ट्याक्टर दुर्घटना,४ जनाको घटनास्थलमै मृत्यु

बाजुरा,२ पुस । बाजुरामा ट्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । बडिमालिका नगरपालिका–२ खडिगाडमा २ वटा ट्याक्टर आपसमा ठोक्किएर शनिबार साँझ दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको हो। मार्तडीबाट गौमुल गागँपालिकातर्फ गइरहेको सु.प.प्रदेश ०१.००२ त ४१०५ नम्बरको ट्याक्टरलाई लु.४ त ७३०५ नम्बरको ट्याक्टरले ओभरटेक गर्ने क्रममा दुर्घटना भएको हो ।

दुर्घटनामा मृत्यु हुनेहरूमा लु.४ त ७३०५ नम्बरको ट्याक्टर चालक बाजुरा गौमुल गाउँपालिका–६ बस्ने २६ वर्षिय हिक्मत रोकाया, सोही ट्याक्टरमा सवार बडिमालिका नगरपालिका–१ बस्ने ४५ वर्षीय चन्द्र दानी, २३ वर्षीय किट्टी रोकाया र ४१ वर्षीय देवराज जोशी रहेका छन् । हाल फरार सु.प.प्रदेश ०१–००२ त ४१०५ नम्बरको ट्याक्टरका चालकको प्रहरीले खोजी गरिरहेको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);