छुट्टाछुट्टै सवारी दुर्घटनामा ३ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

छुट्टाछुट्टै सवारी दुर्घटनामा ३ जनाको मृत्यु

काठमाडौं । म्याग्दीको बेनी नगरपालिका-५ पुलाचौर पुरुन्ने भन्ने स्थानमा ग १ त ६५८७ नम्बरको ट्याक्टर सडकबाट करिब १ सय मिटर तल खसेर सोमबार साँझ दुर्घटना हुँदा ट्याक्टरमा सवार बेनी नगरपालिका-९ बस्ने ३८ वर्षीय दलबीर परियारको घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै चितवनको भरतपुर महानगरपालिका-२९ जुगेडीस्थित सडकमा ना ४ ख ४४६० नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५६ वर्षीय धन बहादुर गुरुङको सोमबार राति घटनास्थलमै मृत्यु भएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै तनहुँको आबुखैरेनी गाउँपालिका-४ पावर हाउसस्थित सडकमा ना।३ ख ९९७३ नम्बरको ट्रक सडकबाट करिब १ सय मिटर तल मर्स्याङदी नदीमा खसेर मंगलबार बिहान दुर्घटना हुँदा विवरण नखुलेका २ जनाको मृत्यु भएको छ । ट्रकको आधा भाग पानीमा डुबेको अवस्थामा रहेको छ ।

ईलाका प्रहरी कार्यालय आबुखैरेनीबाट प्रहरी टोली खटिइ गई आवश्यक उद्दार कार्य गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);