Our Network

असार ९ २०७८, बुधवार

काभ्रेमा मोटरसाइकल दुर्घटना हुँदा एककाे घटनास्थलमै मृत्यु

काभ्रे । काभ्रे, मिसल्ले भुम्लु गाउँपालिका ५ जामुनी कालो भिरस्थित सडकमा प्रदेश २। ०२४ प ९१९५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सडकबाट अन्दाजी २ सय मिटर तल खोचमा खसेर आइतबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार भुम्लु गाउँपालिका १ बस्ने २१ वर्षीय सुजन गजमेरको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक भुम्लु गाउँपालिका(१ बस्ने २० वर्षीय सिजन गजमेरको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

रुपन्देही, सियारी गाउँपालिका(३ भैसाखादरस्थित भित्री सडकमा लु।२ ख ५१९२ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५० वर्षीया प्रभावती केवटको आइतबार राति घटनास्थलमै मृत्यु भएको छ । द

ुर्घटनामा घाइते भएका मृतकका छोरा ३२ वर्षीय राकेश केवट र सोही ठाउँ बस्ने प्रशुराम केवटको छोरा ३ वर्षीय अनिल केवटलाई उपचारको लागि चौराहा हस्पिटल बुटवलतर्फ पठाइएको छ । हाल फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply