साहित्यकार डां बानिरा गिरीको निधन | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

साहित्यकार डां बानिरा गिरीको निधन

काठमाडौँ। साहित्यकार डा। बानिरा गिरीको ७५ वर्षको उमेरमा निधन भएको छ ।

हृदयघातका कारण काठमाडौंको बानेश्वरस्थित सिभिल अस्पतालमा आइतबार राति १० बजे गिरीको निधन भएको परिवारिक स्रोतले जनाएको हो । उनि नेपाली साहित्यमा विधावारिधी गर्ने पहिलो महिला हुन्।

डा. गिरीका ‘एउटा एउटा ज्यूँदो जंगबहादुर’ र ‘जीवनथाय् मरु’ कवितासंग्रह तथा तीन उपन्यास ‘निर्बन्ध’, ‘कारागार’, र ‘शब्दातीत शान्तन’ जस्ता कृर्ति नेपाली साहित्य क्षेत्रमा प्रकाशित रहेका छन् । उनका एक छोरा छोरी र श्रीमान् रहेका छन् ।

उनको आजै पशुपति आर्यघाटमा अन्त्यष्टि गरिने परिवारिक श्रोतले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);