पूर्वमन्त्री गिरीलाइ पितृ शोक | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

पूर्वमन्त्री गिरीलाइ पितृ शोक

दाङ, २२ फागुन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एंव पूर्व सिंचाई मन्त्री दीपक गिरीलाई पितृ शोक परेको छ । गिरीका पिता ८३ बर्षीय लोकमणि गिरीको शनिवार दिउँसो पौने २ बजेतिर राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा निधन भएको हो ।

तुलसीपुरस्थित घरमै बस्दै आएका गिरी दिउँसो एकाएक बिरामी भएपछि अस्पताल लगिएको थियो । आफन्त तथा प्रदेश सभा सदस्य शंकर गिरीका अनुसार हृदयघात भएको जस्तै समस्या देखिएपछि गिरीलाई अस्पताल पु¥याइएको थियो । अस्पताल पु¥याएको केही बेरमै उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

त्यसपूर्व उनलाई कुनैपनि खाले स्वास्थ्य समस्या नरहेको प्रदेश सभा सदस्य गिरीले बताए । स्वर्गीय गिरीकी ८० बर्षीया धर्मपत्नि छाँया र छोराहरु दीपक, ज्वाला र ज्योति गिरी र छोरी रचना रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);