पाल्पामा डेंगुले लग्यो वडा सदस्यको ज्यान | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

पाल्पामा डेंगुले लग्यो वडा सदस्यको ज्यान

पाल्पा । पाल्पाकाे रम्भा गाउँपालिका-१ का वडा सदस्य हुमबहादुर सिंजालीको डेंगु रोगले  मृत्यु भएको छ ।

रम्भा-१ बिसौना घर भएका सिंजालीको डेंगुका कारण मृत्यु भएको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए । ५७ वर्षीय सिंजालीको उपचारका क्रममा गौतम बुद्ध सामुदायिक मुटु अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । डाइलासिस गर्नुपर्ने अवस्था सिर्जना भएको र अन्तिम अवस्थामा रोग पहिचान भएको गाउँपालिका अध्यक्ष भण्डारीले बताए ।

आइतबार हात दुख्ने समस्या देखिएर स्याङ्जाको गल्याङ सामुदायिक अस्पताल पुगेका सिंजालीलाइ पट्टी बाँधेर अस्पतालले घर फर्काएको थियो । पछि पुनः हात दुख्ने र अरू समस्या देखिएपछि उनलाई तानसेनको युनाइटेड मिसन अस्पताल हुँदै बुटवल पुर्‍याइएको थियो । 

वडा सदस्य सिंजाली ०७३ को स्थानीय चुनावमा एमालेबाट वडा सदस्यमा निर्वाचित भएका थिए । वडा सदस्यको मृत्यु भएपछि गाउँपालिकाले पालिकाभर शोक बिदा दिएको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);