पाल्पामा भीरबाट लडेर एक पुरुषको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

पाल्पामा भीरबाट लडेर एक पुरुषको मृत्यु

पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा न –८ सत्यवती, खुर्सानेमा भीरबाट लडेर एक पुरुषको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय वर्ष ५६ का धने दर्जी रहेका छन् । सोमबार साँझ घर देखि पर गोठमा गाईलाई घाँस दिन जानु भएका दर्जी घर नफर्केपछि परिवार र छिमेकीले खोज तलास गर्दा मंगलबार दिउँसो १२ बजेको समयमा बाटो देखि करिब ६० मिटर तल भीरमा उनको शव भेटिएको थियो ।

दर्जीको दाहिने हात भाँचिएको अवस्थामा मृत फेला परेको रैनादेवी छहरा –८ का वडा अध्यक्ष थमान रानाले बताए ।

जिल्ला प्रहरी कार्यालय पाल्पाबाट प्रहरी निरिक्षक लक्ष्मण पचभैयाको नेतृत्वमा आएको प्रहरी टोलीले आवश्यक मुचुल्का गरि मृतक दर्जीलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल तानसेन पठाएको छ ।

प्रहरी चौकी बल्ढेङगढीका इन्चार्ज गोपाल नेटुवाले थप अनुसन्धान कार्य भइरहेको बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);