घर भित्रै खुँडा हानाहान, दुईको मृत्यु, यस्तो छ कारण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

 

बाजुरा, २८ असोज । बाजुराको त्रिवेणी नगरपालिका ८ कालापानीमा दाजु मोहन गिरी र भाई गोरख गिरीको परिवार विच जमिन बाँडफाडको विषयलाई लिएर विवाद हुँदा घरेलु हतियार (खुडा) प्रहारबाट २७ वर्षीय नौले गिरीको घटना स्थलमा मृत्यू भएको छ भने घटनामा घाईते भएका अर्जुन गिरीलाई अछामको बयालपाटा अस्पताल लाँदैगर्दा बाटोमै मृत्यू भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

घटनामा संलग्न ४ जना गोरख गिरी, योगेन्द्र गिरी, दिनेश गिरी र गणेश गिरीलाई घरेलु हतियार सहित प्रहरीले नियन्त्रणमा लिएको र घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका निमित्त कार्यालय प्रमुख जगदिश भट्टले बताएका छन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);