क्रिश्चियन धर्म मान्दै आएका स्वर्गीय गिरीको अन्त्यष्टि हिन्दु संस्कार अनुसार गरिने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

क्रिश्चियन धर्म मान्दै आएका स्वर्गीय गिरीको अन्त्यष्टि हिन्दु संस्कार अनुसार गरिने

अप्सरा गौतम
काठमाडौं, ३ पुस । पूर्वप्रधानमन्त्री एवं वरिष्ठ राजनीतिज्ञ डाक्टर तुलसी गिरीको मंगलबार बिहान निधन भएको छ । आफ्नै निवास बूढानीलकण्ठ भिल्लामा ९३ वर्षको उमेरमा गिरीको निधन भएको हो । उनी क्रिश्चियन धर्ममा संलग्न भए पनी उनकै ईच्छा बमोजिम हिन्दु धर्म अनुसार बुधवार बिद्युतीय शबदाह गृहमा अन्त्यष्टि गरिने भएको छ ।

नेपाली कांग्रेसबाट राजनीति सुरु गरेका डाक्टर तुलसी गिरी प्रखर वक्ताका रूपमा चिनिन्थे । पहिलो जननिवार्चित नेपाली कांग्रेसको एकमना सरकारमा उनी परराष्ट्रमन्त्री बनेका थिए । पहिलो जननिर्वाचित सरकारलाई अपदस्थ गर्दै २०१७ सालमा राजा महेन्द्रले शासन सत्ता हातमा लिएपछि परराष्ट्र मन्त्री हुँदै गिरी पंचायतकालमा तीनपटक प्रधानमन्त्री बनेका थिए ।

गिरीको जन्म सिरहाको जमिन्दार परिवारमा १९८२ सालमा भएको थियो । नेपाली कांग्रेसको राजनीतिमा लागेका गिरी दरबारका विश्वासपात्रका रूपमा परिचित थिए । कांग्रेस सरकारलाई अपदस्थ गरेर तत्कालीन राजा महेन्द्रले उनलाई परराष्ट्रमन्त्री बनाएका थिए ।

महेन्द्रलाई साथ दिएका गिरी राजा वीरेन्द्रले ३६ सालमा जनमत संग्रह घोषणा गर्दा वैचारिक असहमति जनाउँदै श्रीलंकातिर लागेका थिए ।

गिरी २०१९ सालमा मन्त्रिपरिषदको अध्यक्ष बनेका थिए । राजा महेन्द्रले १४ फागुन २०२० मा दोस्रोपटक गिरीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए । त्यसवेला गिरिले एक वर्ष शासन गरे । तत्कालीन राजा वीरेन्द्रले २०३२ मंसिर १५ गते तेस्रोपटक गिरीलाई प्रधामन्त्री नियुक्त गरेका थिए ।

२०३२ सालमा प्रधानमन्त्रीको जिम्मेवारी पाएका उनले दुईवर्ष शासन गरे । २०३६ सालमा राजा वीरेन्द्रले जनमतसंग्रह गर्दा वैचारिक असहमति जनाउँदै श्रीलंका पुगेका गिरि तत्कालीन राजा ज्ञानेन्द्र शाहले २०६१ सालमा शेरबहादुर देउवालाई अपदस्थ गरी गठन गरेको शाही सरकारमा मन्त्रि परिषदको उपाध्यक्ष बनेका थिए ।

उनी पछिल्लो समय क्रिश्चियन धर्म मान्दै आएका थिए । उनी क्रिश्चियन भए पनी अन्तिम संस्कार भने उनकै ईच्छा अनुसार हिन्दु संस्कार अनुसार गरीने पारिवारीक श्रोतले जानकारी दिएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);