३२ जिल्लाका विद्यालय मंसिर ४ गतेदेखि बन्द गर्न निर्वाचन आयोगको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

काठमाण्डौँ, २८ असोज । पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लाहरुमा मंसिर ४ गतेदेखि विद्यालय बन्द गर्न सरकारलाई निर्वाचन आयोगले निर्देशन दिएको छ ।

आगामी मंसिर १० गते प्रतिनिधीसभा र प्रदेशसभाको निर्वाचनका लागि ३२ जिल्लामा ४ गतेदेखि विद्यालयहरुमा विदा दिन निर्देशन दिएको हो । त्यसैगरि २१ गते निर्वाचन हुने जिल्लाहरुमा मंसिर १५ गतेबाट विदा दिन भनिएको छ ।
मंसिर २१ गते ४५ जिल्लामा निर्वाचन हुने भएको छ ।

विद्यालय भवन तथा कम्पाउण्डहरुमा मतदान केन्द्र राखिएको आयोगले जनाएको छ ।

मंसिर १० गते पहिलो चरणमा निर्वाचन सम्पन्न हुने ३२ जिल्ला

प्रदेश नं १ : सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुङ्गा, ताप्लेजुङ, पाँचथर र खोटाङ,
प्रदेश नं ३ : नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछाप,
प्रदेश नं ४ : मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ र गोरखा,
प्रदेश नं ५ : रूकुम (पूर्वी भाग) र  रोल्पा,
प्रदेश नं ६ :  रूकुम (पश्चिम भाग), जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट र डोल्पा,
प्रदेश नं. ७ : दार्चुला, बझाङ, बाजुरा र  बैतडी ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);