प्रतिनिधि र प्रदेश सभा निर्वाचन दुई चरणमा, तपार्इको जिल्लामा कहिले हुँदैछ चुनाव ? (सूची सहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

प्रतिनिधि र प्रदेश सभा निर्वाचन दुई चरणमा, तपार्इको जिल्लामा कहिले हुँदैछ चुनाव ? (सूची सहित)

काठमाडौं, १५ भदौ । निर्वाचन आयोगले ३२ जिल्लामा मंसिर १० गते पहिलो चरणमा र ४५ जिल्लामा मंसिर २१ गते दोस्रो चरणमा निर्वाचन गर्ने जनाएको छ ।  प्रदेशसभा र प्रतिनिधि सभा निर्वाचन मंसिर १० र २१ गते दुई चरणमा एकै पटक हुँदै छ ।

 

सरकारले निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन निर्वाचन आयोगलाई बुझाएसँगै आयोग निर्वाचनको तयारीमा लागेको हो । निर्वाचन क्षेत्र निर्धारण आयोगले हिजो सरकालाई आफ्नो प्रतिवेदन बुझाएको थियो ।

 

पहिलो चरण र दोश्रो चरणमा निर्वाचन हुने जिल्लाहरु यसप्रकार छन्

 

 मंसिर १० गते पहिलो चरणमा निर्वाचन सम्पन्न हुने ३२ जिल्ला
प्रदेश नं १ : सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुङ्गा, ताप्लेजुङ, पाँचथर र खोटाङ,
प्रदेश नं ३ : नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछाप,
प्रदेश नं ४ : मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ र गोरखा,
प्रदेश नं ५ : रूकुम (पूर्वी भाग) र रोल्पा,
प्रदेश नं ६ : रूकुम (पश्चिम भाग), जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट र डोल्पा,
प्रदेश नं. ७ : दार्चुला, बझाङ, बाजुरा र बैतडी ।

 

 मंसिर २१ गते दोस्रो चरणमा निर्वाचन सम्पन्न हुने ४५ जिल्ला
प्रदेश नं १ : इलाम, तेह्रथुम, धनकुटा, उदयपुर, झापा, मोरङ र सुनसरी,
प्रदेश नं २ : सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहट,
प्रदेश नं ३ : सिन्धुली, मकवानपुर, चितवन, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर र भक्तपुर,
प्रदेश नं ४ : नवलपरासी (बर्दघाट सुस्ता पूर्व) तनहुँ, कास्की, स्याङ्जा र पर्वत,
प्रदेश नं ५ : नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), पाल्पा, अर्घाखाँची, गुल्मी, रूपन्देही, कपिलवस्तु, दाङ, प्यूठान बाँके र बर्दिया,
प्रदेश नं ६ : सल्यान, सुर्खेत र दैलेख,
प्रदेश नं. ७ : कैलाली, कन्चनपुर, डडेल्धुरा, अछाम र डोटी ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);