प्रदेश र प्रतिनिधि सभाको निर्वाचन दुई चरणमा गर्ने सरकारको निर्णय | ईमाउण्टेन समाचार

Our Network

असोज १२ २०८३, मंगलबार

काठमाडौं, १४ भदौ । सरकारले आगामी मंसिर १० गते एकैदिन गर्ने भनिएको प्रदेश र केन्द्रिय प्रतिनिधिसभाको निर्वाचन दुई चरणमा गर्ने निर्णय गरेको छ।

 

आज बसेको मन्त्रिपरिषद्को बैठकले मंसिर १० र मंसिर २१ गते दुई चरणमा गर्ने निर्णय गरेको हो।  यसअघि सरकारले पहिलो प्रदेश र प्रतिनिधि सभाको पहिलो चरणको चुनाव मंसिर १० गते गर्ने निर्णय गरेको थियो। हिमाली र उच्च पहाडी भेगमा मंसिर १० तथा तराइ र पहाडी क्षेत्रमा मंसिर २१ गते संसदको चुनाव गर्ने सरकारले निर्णय गरेको हो।

 

निर्वाचन आयोगको परामर्श अनुसार दोस्रो चरणको चुनाव मंसिर २१ गते गर्ने निर्णय भएको नेपाल सरकारका प्रवक्ता तथा सूचना तथा संचार मन्त्री मोहन बस्नेतले जानकारी दिएका छन्। सरकार र निर्वाचन आयोगले निर्वाचनको तयारी तिब्र बनाएपनि निर्वाचन क्षेत्र निर्धारण आयोगले भने अझै प्रतिवेदन बुझाउन सकेको छैन्।