कुन जिल्लामा कति प्रतिनिधिसभा निर्वाचन क्षेत्र ? (विवरण सहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

काठमाडौ, १४ भदौ । सराकारले गठन गरेको निर्वाचन क्षेत्र निर्धारण आयोगले आज कुन जिल्लामा कति निर्वाचन क्षेत्र बनाउन उपयुक्त छ भन्ने विषयमा तयार पारेको प्रतिवेदन सरकारलाई बुझाउने भएको छ । आयोगले प्रधानमन्त्रीको समय पाउने बित्तिकै प्रतिवेदन बुझाउने सदस्य सचिव डेगेन्द्र शर्मा पौडेलले जानकारी दिएका छन्।

 

यस्तो छ ७७ जिल्लामा प्रतिनिधिसभा निर्वाचन क्षेत्र

१०- काठमाडौं

६ – मोरङ
५- झापा, धनुषा, सर्लाही, रूपन्देही र कैलाली
४- सुनसरी, सप्तरी, सिराहा, महोत्तरी, रौतहट, बारा, पर्सा
३- ललितपुर, चितवन, कास्की, कपिलबस्तु, दाङ, बाँके र कञ्चनपुर
२- इलाम, उदयपुर, सिन्धुली, काभ्रे, भक्तपुर, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ,मकवानपुर, गोरखा, तनहुँ, स्याङ्जा, उत्तर नवलपरासी, दक्षिण नवलपरासी, गुल्मी, बाग्लुङ, बर्दिया, सुर्खेत ‍र दैलेख
१ – पाँचथर, तेह्रथुम,धनकुटा, ताप्लेजुङ, संखुवासभा, भोजपुर, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, रामेछाप, दोलखा, रसुवा, लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी, पर्वत, पाल्पा, अर्घाखाँची, प्युठान, रोल्पा, सल्यान, पूर्वी रूकुम, पश्चिम रूकुम, जाजरकोट, जुम्ला, डोल्पा, मुगु, कालिकोट, बाजुरा, अछाम, हुम्ला, डोटी, बझाङ, डडेलधुरा, बैतडी र दार्चुला

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);