प्रदेश र केन्द्रको क्षेत्र निर्धारण : प्रतिनिधिसभामा १६५ र प्रदेश सभामा ३३० क्षेत्र | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

प्रदेश र केन्द्रको क्षेत्र निर्धारण : प्रतिनिधिसभामा १६५ र प्रदेश सभामा ३३० क्षेत्र

 

९५ दल दर्ता

प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनका लागि ९५ वटा दल दर्ता भएका छन् । निर्वाचन आयोगले खुलाएको दल दर्ताको अन्तिम दिन आइतबारसम्म ९५ वटा दल दर्ता भएका हुन् । आयोगले १४ साउनमा दल दर्ताको लागि सूचना जारी गरेको थियो । संसद्को सबैभन्दा ठूलो दल कांग्रेसले पनि दुवै निर्वाचनका लागि आइतबार दल दर्ता गराएको छ । आगामी १० मंसिरमा प्रदेश सभा र प्र्रतिनिधिसभाको निर्वाचन हुँदै छ । आयोगले निवेदन दिने दलहरूले पेस गरेको कागजात छानबिन गरेपछि निर्वाचनका लागि भाग लिने दलको सूची सार्वजनिक गर्नेछ ।

 

प्रतिवेदन बुझाउने समय लिनै बाँकी

आयोगले प्रतिवेदन बुझाउन प्रधानमन्त्रीसँग समय लिइसकेको छैन । प्रधानमन्त्रीसँग समय लिने तयारी भइरहेको आयोगका सदस्य माधव अधिकारीले जानकारी दिए । उनका अनुसार मंगलबारसम्म प्रतिवेदन बुझाउने तयारी छ ।

 

युद्धस्तरमा तयार भयो प्रतिवेदन

क्षेत्र निर्धारणका लागि समयसीमा अत्यन्त छोटो भएकाले आयोगका पदाधिकारी बिहान सबेरैदेखि राति नौ–दश बजेसम्म व्यस्त रहनुपर्यो । समयको अत्यन्त ठूलो दबाब र चटारोमा काम गर्नुपर्यो ।

 

आयोगभित्र विवाद

जिल्लाको निर्वाचन क्षेत्र निर्धारण गर्ने क्रममा सदस्यहरूबीचमा विवाद देखिएको छ । क्षेत्र निर्धारण गर्दा सत्तारुढ दलहरू हाबी भएको भन्दै प्रतिपक्षी दलको तर्फबाट आयोग सदस्य बनेका डा. विश्वकल्याण पराजुलीले असहमति जनाएका छन् । स्रोतका अनुसार आयोगको प्रतिवेदनमा पराजुलीले असहमति दर्ज गर्दै छन् । योगेश ढकालले आजको नयाँ पत्रिकामा समाचार लेखेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);