दोस्रो चरण निर्वाचन : ४५ जिल्लामा आज मनोनयन दर्ता हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

काठमाडौं, १६ कार्तिक । मंसिर २१ गते हुने दोस्रो चरण निर्वाचनका लागि बिहीबार उम्मेदवारी दर्ता हुने भएको छ । उम्मेदवारी मनोनयनका लागि सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले बिहीबार बिहान १० देखि अपराह्न ५ बजेसम्म मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्ने व्यवस्था मिलाएको छ।

दोस्रो चरणअन्तर्गत ४५ जिल्लाका प्रतिनिधिसभा सदस्यतर्फ १२८ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ २५६ वटा निर्वाचन क्षेत्रका लागि मनोनयन दर्ता हुँदै छ । दोस्रो चरणमा एक करोड लाख ९८ हजार ८५२ मतदाताले मताधिकार प्रयोग गर्नेछन् ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचनले लोकतान्त्रिक र संघीय गणतन्त्रलाई संस्थागत गर्ने भन्दै मनोनयनमा उत्साहजनक सहभागिताका लागि आह्वान गरेका छन् । दोस्रो चरणअन्तर्गत पूर्वको इलाम, तेह्रथुम, धनकुटा, उदयपुर, झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहट, सिन्धुली, मकवानपुर, चितवन, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, नवलपरासी पूर्व, तनहँ, कास्की, स्याङ्जा, पर्वत, नवलपरासी पश्चिम, पाल्पा, अर्घाखाँची, गुल्मी, रूपन्देही, कपिलवस्तु, दाङ, प्युठान बाँके र बर्दिया, सल्यान, सुर्खेत र दैलेख, कैलाली, कन्चनपुर, डडेल्धुरा, अछाम र पश्चिमको डोटी जिल्लामा मतदान हुने कार्यक्रम छ।

यसअघि ३२ जिल्लामा मंसिर १० मा हुने पहिलो चरण निर्वाचनका लागि मनोनयन दर्ता भइसकेको छ। पहिलो चरण निर्वाचनबाट प्रतिनिधिसभा सदस्यतर्फ ३७ र प्रदेशसभातर्फ ७४ सिटका लागि दलले उम्मेदवारी दर्ता गराइसकेका छन्। आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);