कक्षा १२ को परीक्षाफल सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

कक्षा १२ को परीक्षाफल सार्वजनिक

Rastriya-Pariksha-board

भक्तपुर, १५ साउन । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको छ । परीक्षा गत वैशाख १० गतेदेखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४८ दशमलव १७ प्रतिशत उत्तीर्ण भएका छन् ।

 

नियमिततर्फ एक लाख ७५ हजार ५९३ परीक्षार्थी सहभागी भएकामा ८४ हजार ५९३ परीक्षार्थी उत्तीर्ण भएको राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक डम्बर बतासले जानकारी दिए ।

 

त्यसै गरी आंशिकतर्फ एक लाख २३ हजार १२१ परीक्षार्थी परीक्षामा सहभागी भएकामा ४८ हजार ७३६ जना उत्तीर्ण भएका छन् । बोर्डले गत साउन २० गते कक्षा १२ को विज्ञान विषयको परीक्षाफल प्रकाशन गरिसेको छ ।

 

परीक्षा नियन्त्रण कार्यालयले नेपाल टेलिकमका प्रयोगकर्ताले १६०१ मा फोन गरेर नतिजा हेर्न सक्ने व्यवस्था गरेको छ । यसैगरी http://www.neb.gov.np/  वा https://www.ntc.net.np/ बाट पनि नतिजा हेर्न सकिनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);