आइतबार ३२ जिल्लामा सवारी साधन चलाउन रोक | ईमाउण्टेन समाचार

Our Network

साउन ५ २०८१, शनिबार

आइतबार ३२ जिल्लामा सवारी साधन चलाउन रोक

काठमाडौं, ९ मंसिर । पहिलो चरणमा प्रदेश र प्रतिनिधिसभा निर्वाचन हुने ३२ जिल्लामा भोलि (आइतबार) सवारीसाधन चलाउन रोक लगाइएको छ ।

निर्वाचन आयोगका अनुसार निर्वाचन हुने जिल्लामा आजै राति १२ बजेदेखि भोलि साँझ ५ बजेसम्म निजी तथा सार्वजनिक सवारीसाधन चलाउन रोक लगाइएको हो । आयोगले एक सूचना जारी गर्दै निर्वाचन हुने ३२ जिल्लामा सवारी साधन चलाउन रोक लगाईने भन्दै सोही अनुसार तयारी गर्न आग्रह गरेको छ ।

आयोगको निर्णयसँगै पृथ्वी राजमार्ग र अरनिको राजमार्ग भएर चल्नेसवारीसाधन प्रभावित हुने छन् । भोलि मतदान हुने जिल्लामा निजी र सार्वजनिक यातायात सञ्चालनमा रोक लगाइए पनि सुरक्षा निकाय र निर्वाचन प्रयोजनका लागि सवारी पास लिएका साधन भने निर्वाध रुपमा चल्न पाउने छन् । अत्यावश्यक सेवाका एम्बुलेन्स, दमकललाई पनि रोकिने छैन ।

यी जिल्लामा आज राती १२ बजेदखी भोली बेलुका ५ बजेसम्म सवारी साधन चलाउन पाइने छैन:

प्रदेश नं १ : सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुङ्गा, ताप्लेजुङ, पाँचथर र खोटाङ,

प्रदेश नं ३ : नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछाप,

प्रदेश नं ४ : मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ र गोरखा,

प्रदेश नं ५ : रूकुम (पूर्वी भाग) र रोल्पा,

प्रदेश नं ६ : रूकुम (पश्चिम भाग), जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट र डोल्पा तथा

प्रदेश नं ७ : दार्चुला, बझाङ, बाजुरा र बैतडी जिल्लामा अनुमति नलिएका कुनै पनि सवारी नचल्ने प्रहरीले जनाएको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);