४५ जिल्लामा भोली सार्वजनिक बिदा, राति १२ बजेदेखि सवारी चलाउन नपाईने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

काठमाडौं, मंसिर २० । निर्वाचन आयोगले बिहीबार हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनको सबै तयारी पूरा भएको जनाएको छ । बुधबार बेलुका ५ बजेसम्म सबै मतदान केन्द्र बनाइसक्ने आयोगले जनाएको छ ।

दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लामा ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान गर्न सकिन्छ । दिउँसो साढे २ बजे चुनावको सबै तयारीबारे जानकारी गराइने आयोगका प्रवक्ता नवराज ढकालले बताएका छन् ।

बिहीबार चुनाव हुने ४५ जिल्लामा पास लिएका गाडी र अत्यावश्यक गाडी मात्र चल्न पाउनेछन् । अन्य सवारी भने भोलि बेलुकी ७ बजेसम्म चलाउन नपाइने गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले सार्वजनिक सूचना निकालेर नै बिहीबार गाडी नचल्ने हुँदा बुधबार राति १२ बजे अगावै गन्तव्यमा पुग्ने गरी यात्रा थाल्न आग्रह पनि गरेको छ । सरकारले बिहीबार चुनाव हुने ४५ जिल्लामा सार्वजनिक बिदा पनि दिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);