मौन अवधिमा चलखेल : भोज भतेरदेखि सारी बाँड्नेसम्मका हर्कत | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

काठमाण्डौँ, २० मंसिर । मौन अवधिमा प्रचार प्रसारमा रोक लागेका कारण राजनीतिक दल र उम्मेदवार मत किन्ने चलखेलमा लागेका छन् ।

निर्वाचनमा कुनै पनि हालतमा जित हात पार्नका लागि राजनीतिक दल र उम्मेदवार मत किन्ने चलखेलमा लागेका हुन् । खासगरी तराईका जिल्लामा मत किन्ने चलखेल बढेको हाम्रा सम्वाददाताहरुले जनाएका छन् । मौन अवधिलाई मधेशमा कत्ल कि रात भन्ने गरिएको छ । राजनीतिक दल र उम्मेदवारहरु मधेशका मतदातालाई प्रभावित तुल्याउन पैसा बाँड्नेदेखि भोजभतेर खुवाउन र महिला मतदातालाई सारी बाँड्नेसम्मका हर्कतमा उत्रिएका छन् ।

खासगरी मत किन्नका लागि उम्मेदवारहरुले गाउँ गाउँमा प्रतिनिधि खटाएका छन् । ती प्रतिनिधिले ग्रामीण बस्ती, पिछडिएका समुदाय र विपन्न वर्गका मत प्रभावित गर्न गाउँका मुखिया र विभिन्न जातका अगुवामार्फत डिल गरिरहेको हाम्रा सम्वाददाताले जनाएका छन् । दल र उम्मेदवारले विश्वासिलो बिचौलिया प्रयोग गरेर पैसाको चलखेल गरिरहेका छन् । विचौलियाहरुले भोटका खरिदका लागि कागज गराउनेदेखि कसम खुवाउनेसम्म गरिरहेको विपन्न समुदायका मतदाताले बताएका छन् । मनि अवधि समेत भनिने मौन अवधिमा चुनावी परिणाम नै उलटफेर हुने गरेको छ ।

परिणाम उलटफेर गर्ने रणनीति बनाउन उम्मेदवारको सम्पर्क कार्यालयमा नेता र कार्यकर्ताको भीड बाक्लिएको छ भने गाउँ गाउँका कार्यकर्ता पार्टीको भोट जोगाउनका लागि जाग्राम बस्न थालेका छन् । निर्वाचनलाई ध्यानमा राखी जिल्ला प्रशासन कार्यालयहरुले मदिराको बिक्री वितरणमा रोक लगाएपनि मौन अवधि लागेसँगै मदिराको व्यापार बढेको व्यापारीहरुले बताएका छन् । मदिराको व्यापार बढेसँगै मासु पसलेको व्यस्तता बढेको छ । राजनीति दल र उम्मेदवारका प्रतिनिधिले मासुको धेरै अर्डर दिएका कारण व्यस्तता बढेको पसलेहरुले बताएका छन् ।

 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);