इलामको एउटा मतदान केन्द्रको सबै जिम्मेवारी महिलालाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

इलाम, मंसिर २० । बिहीबार हुन लागेको दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा इलामको रुक्मिणी आधारभूत विद्यालय मतदान केन्द्रमा महिला कर्मचारी मात्र खटाइएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयको अनुसार रुक्मिणी केन्द्रमा अधिकृतदेखि सहयोगीसम्म महिला कर्मचारीलाई मात्र खटाइएको हो ।

 

रुक्मिणी मतदान केन्द्रमा एकजना मतदान अधिकृत, एकजना सहायक मतदान अधिकृत, चारजना सहायक कर्मचारी र दुईजना सहयोगी महिला नै नियुक्ति गरिएको छ साथै मतदान केन्द्र महिलामैत्री र नमुना बनाउन जिल्ला निर्वाचन कार्यलयले महिला कर्मचारीलाई मात्रै खटाएको हो ।

रूक्मिणी आधारभूत विद्यालय, मलातेमा मतदान अधिकृत सरिता स्याङतान, सहायक मतदान अधिकृतमा विनिता शाह, सहायक कर्मचारीहरूमा रेणुका राई, सविता तामाङ, निर्चला राई, तेजमाया गुरूङ तथा सहयोगी कर्मचारीहरूमा इन्द्रकला घिमिरे र तारादेवी बस्नेतलाई खटाइएको हो ।

गोलाप्रथाबाट मतदान अधिकृत र सहायक मतदान अधिकृत छनौट गर्दा महिला मात्रै छानिएका थिए ।

४ नगरपालिका र ६ गाउँपालिका रहेको इलाममा २ लाख ४ हजार ४६ मतदाता छन् ।जिल्लामा एक सय ४४ वटा मतदान स्थल र दुई सय ६६ वटा मतदान केन्द्र निर्धारण गरीएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);