उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा : निर्वाचन आयोग | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा : निर्वाचन आयोग

election-commition_

काठमाडौं, ११ मंसिर । निर्वाचन आयोगले आगामी शनिबार हुने उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । आयोगका अनुसार उपनिर्वाचनका लागि आवश्यक निर्वाचन सामग्रीहरू सम्बन्धित जिल्ला र मतदान केन्द्रसम्म पुगिसकेको छ भने मतदान अधिकृत, सहायक मतदान अधिकृतलगायत कर्मचारीको खटनपटन भइसकेको छ ।

उपनिर्वाचन हुने ३७ जिल्लाका २सय ४७ मतदानस्थल तथा ५सय ३७ मतदान केन्द्रमा खटिएका मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारीलगायत सुरक्षाकर्मीहरू आवश्यक मतदानका सामग्रीहरूसहित आजै साँझसम्म मतदान केन्द्रमा पुगिसक्ने पनि आयोगले जनाएको छ ।

उपनिर्वाचनको मौन अवधि आज मध्यरातबाट लागू हुँदैछ । आयोगका अनुसार मौन अवधिको समय बुधबार राति १२ बजेदेखि लागू हुने भएको हो । मौन अवधि सुरु भइसकेपछि निर्वाचनमा भाग लिने दलहरुले सभा, जुलस, घरदैलो लगायतका कार्यक्रम गर्न पाउने छैनन् ।

उपनिर्वाचनमा प्रतिनिधि सभा सदस्यका लागि १, प्रदेश सभा सदस्यमा ३, उपमहानगरपालिका १, गाउँपालिका अध्यक्ष ३, गाँउपालिका उपाध्यक्ष १ र ४३ वडाका गरि देशभरका ५२ स्थानमा चुनाव हुन लागेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);