लिम्पियाधुराका बारेमा प्रमाण जुटाएर सरकार अघि बढ्छ : मन्त्री अर्याल | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

लिम्पियाधुराका बारेमा प्रमाण जुटाएर सरकार अघि बढ्छ : मन्त्री अर्याल

limpudhara-mantri aryal

काठमाडौं, ११ मंसिर । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले लिम्पियाधुरामा सीमा मिचिएको बारे प्रमाण जुटाएर सरकार अघि बढ्ने बताउनुभएको छ । सिंहदरबारस्थित मन्त्रालयको सभाकक्षमा बुधबार सीमा बचाऊ अभियानका तर्फबाट ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री अर्याले उक्त कुरा बताउनु भएको हो ।

सिमा सुरक्षाको संदर्भमा सरकार कटिबद्ध रहेको भन्दै उहाँले लिम्पियाधुराका बारेमा प्रमाण जुटाएर अघि बढ्ने सोचमा सरकार रहेको उल्लेख गर्नुभयो । लिपुलेक र कालापानीका बारेमा आवश्यक पहल भईरहेको मन्त्री अर्यालको भनाइ थियो । उहाँले लिम्पियाधुराका सम्बन्धमा प्रमाण जुटाउन सरकारलाई सहयोग गर्न पनि नागरिक समाजलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा पुर्व प्रधानन्यायाधीश शुशिला कार्कीले सबैभन्दा पहिला सीमा ओगटेर नेपालले आफ्नो प्रभुत्व देखाउनुपर्ने बताउनुभयो ।

सीमा बचाऊ अभियान, नक्सा समितिका सदस्य कोमल चन्द्र बरालले सिमाविवाद समाधानका लागि सर्वपक्षीय प्रतिनिधित्व हुने गरि विज्ञहरुको टोली गठन गर्न र नेपालको तर्फबाट सुरक्षा चौकीहरु स्थापना गर्नु पर्ने लगायतका माग गर्नुभयो ।

सीमा बचाऊ अभियानका तर्फबाट बुद्धिजिवी तथा विज्ञहरुको समुहले मन्त्री अर्याललाई ९ बुँदे सार्वजनिक अपिल बुझाएको थियो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);