उपनिर्वाचनको मौन अवधि आज राति १२ बजेदेखि लागू | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

उपनिर्वाचनको मौन अवधि आज राति १२ बजेदेखि लागू

nirwachan ayog

काठमाडौं, ११ मंसिर । आगामी मंसिर १४ गते हुन लागेको उपनिर्वाचनको मौन अवधि आज मध्यरातबाट लागू हुँदैछ । निर्वाचन आयोगका अनुसार मौन अवधिको समय बुधबार राति १२ बजेदेखि लागू हुने भएको हो ।

मौन अवधि सुरु भइसकेपछि निर्वाचनमा भाग लिने दलहरुले सभा, जुलस, घरदैलो लगायतका कार्यक्रम गर्न पाउने छैनन् । उपनिर्वाचनमा प्रतिनिधि सभा सदस्यका लागि १, प्रदेश सभा सदस्यमा ३, उपमहानगरपालिका १, गाउँपालिका अध्यक्ष ३, गाँउपालिका उपाध्यक्ष १ र ४३ वडाका गरि देशभरका ५२ स्थानमा चुनाव हुन लागेको छ । आज प्रचार प्रसारको अन्तिम दिन भएकोले विभिन्न पार्टीका शिर्ष नेताहरु घरदैलो, सभा लगायतका कार्यक्रममा सहभागी भएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);