निर्वाचनको सुरक्षामा नेपाली सेनाको सक्रियता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

निर्वाचनको सुरक्षामा नेपाली सेनाको सक्रियता

काठमाडौं, ९ मंसिर । रक्षामन्त्री भीमसेन दास प्रधानले निर्वाचनको सुरक्षामा नेपाली सेनाको सक्रियता बढेको बताएका छन् । शनिवार काठमाडौमा भएको साक्षात्कार कार्यक्रममा बोल्दै रक्षा मन्त्रि भिमशेन दास प्रधानले निर्वाचनलाई असर गर्ने र बाधा पुर्याउने सबै पक्राउ परिसकेको बताए ।

नेपाली सेनाले मतदान स्थलको सुरक्षा, मतदान पछि मतपेटिकाको सुरक्षा लगाएतको जिम्मा लिएकाले मतदातालाई ढुक्क भएर आफ्नो मताधिकार प्रयोग गर्न आह्वान गरेका छन् । मन्त्रि प्रधानले सुरक्षाको सम्पूर्ण व्यवस्था मजबुद भएकाले ढुक्क भएर मतदान गर्न मतदातालाई अनुरोध गरेका छन् ।

मन्त्रि प्रधानले पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लाका मतदान केन्द्रमा सेना पुगिसकेको र आवश्यक मद्दती फोर्स समेत तयारी आवस्थामा रहेको जानकारी दिए । पहिलो चरण र दोश्रो चरणमा करिब ६४ हजार बढी नेपाली सेना परिचालन हुँदै छन् ।

सेनालाई सरकारले मतपत्र छपाई सुरक्षा, निर्वाचन सामाग्री ढुवानी, कारागार तथा विमानस्थल सुरक्षा लगायतको जिम्मा दिएको छ । दुई चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा सेनालाई तेस्रो घेरामा परिचालन गर्ने सरकारले निर्णय यसअघि नै गरिसकेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);