ताप्लेजङमा मतदान केन्द्र मै बम बिस्फोट, मतदाता त्रसित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८३, बिहीबार

ताप्लेजङमा मतदान केन्द्र मै बम बिस्फोट, मतदाता त्रसित

ताप्लेजुङ, ९ मंसिर। ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङ्लिङ बजार नजिकै रहेको भानु जन उच्च मावि मतदान केन्द्रमा बम बिस्फोट भएको छ।

आइतबार हुने मतदानका लागि तयारी चलिरहेका बेला मतदान केन्द्रमा बम बिस्फोट भएको हो। उच्च सुरक्षा दिइएको मतदान केन्द्र मै बम बिस्फोट भएपछि मतदाताहरु त्रसित भएका छन्।

प्रेसर कुकर बम बिस्फोटबाट कुनै मानवीय र भौतिक क्षति भने नभएको प्रहरीले जानकारी दिएको छ।