नेपाली कांग्रेसका नेता चक्रप्रसाद बास्तोलाको निधन | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८०, आइतबार

नेपाली कांग्रेसका नेता चक्रप्रसाद बास्तोलाको निधन

chakra bastola

काठमाडौं, २८ असोज । नेपाली कांग्रेसका नेता चक्रप्रसाद बास्तोलाको निधन भएको छ ।

बास्तोलाको निधन खुमलटारस्थित आफ्नै निवासमा भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका हुन् । परिवारिक स्रोतका अनुसार बस्तोलाको शनिबार राति ९ः२० मा निधन भएको हो । झण्डै ६ वर्षदेखि अर्धचेत अवस्थामा रहेका बास्तोलाको अवस्था शनिबार विग्रिए पछि परिवारले बाँसबारीस्थित न्यूरो अस्पताल लगेको थियो । तर, थप उपचार असम्भव नरहेको भन्दै ४ बजे डिस्चार्ज गरिएको थियो ।

उनका श्रीमती र दुई छोरी छन् । २०६९ पुस १४ मा विराटनगरको बन्धु भेलामा सहभागी बास्तोलालाई ब्रेन अट्याक भएको थियो । भारतको मेदान्त अस्पतालमा सात महिना उपचारपछि उहाँलाई घर ल्याइएको थियो । बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचार गराउँदा पनि उहाँको होस आएको थिएन । २०४८ सालमा भारतका लागि नेपालका राजदूत रहेकाका बास्तोला ०५८ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा परराष्ट्रमन्त्री थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);