डा. उपेन्द्र देवकोटाबारे कसरी फैलियो अफवाह ? कस्तो छ अवस्था ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

डा. उपेन्द्र देवकोटाबारे कसरी फैलियो अफवाह ? कस्तो छ अवस्था ?

upendra-devkota

काठमाडौं, २६ जेठ । पित्तथैलीको क्यान्सरबाट गम्भीर विरामी परेका ६३ वर्षीय वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाबारे शुक्रबार मध्यराति अचानक अफबाह फैलियो ।

बाँसबारीस्थित न्यूरो अस्पालको आईसीयूमा गम्भीर अवस्थामा उपचाररत डा देवकोटाको निधन भएको भन्दै सामाजिक सञ्जालमा श्रद्धाञ्जली दिनेको होडबाजी नै चल्यो ।

बेलायतमा उपचार सम्भव नभएपछि डा. देवकोटाको आफ्नै देशमा फर्किने इच्छा अनुसार हाल बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचार जारी छ ।

तर, शुक्रबार राति साढे १० बजेदेखि फैलिएको अफबाहले अस्पतालका कर्मचारीदेखि डा. देवकोटाका परिवार र सहयोगी हैरान भए । एसियाकै अब्बल न्यूरो सर्जनकारुपमा परिचित डा. देवकोटाले आफ्नो जीवनकालमा हजारौँ न्यूरोका बिरामीको उपचार र सफल अप्रेशन गरेका छन् ।

‘अघिल्ला दिन भन्दा डा. देवकोटाको अवस्था शुक्रबार अझै जटिल भएको थियो’, उनका सहयोगी डा. तारा अधिकारीले भने, ‘तर पुष्टि नै नगरी एकाएक निधनको खबर अफबाहकारुपमा फैलिएपछि बिनाकारण तनाव झेल्नुपर्यो ।

कसरी फैलियो अफबाह

डा. अधिकारीका अनुसार शुक्रबार राति डा. देवकोटाको अवस्था अघिल्ला दिन भन्दा गम्भीर भएको थियो । आईसीयूमै रहेर पनि अघिल्ला डा. देवकोटा आफ्ना शुभेच्छु र साथीभाइलाई भेट गरिहेका थिए ।

शुक्रबार अवस्था जटिल भएपछि हेर्नका लागि भन्दै डा. देवकोटाका परिवार र आफन्तलाई अस्पतालमै बोलाइयो । ‘अघिल्ला दिन भन्दा अवस्था जटिल बनेपछि परिवार र आफन्तहरुसँग भेट गराउन अस्पतालमै बोलाइयो’, डा. अधिकारीले भने, ‘तर, त्यसपछि उहाँको निधन भएको खबर एकाएक फैलियो ।’

भेट्न आएका आफन्तमध्येबाटै देवकोटाको निधन भएको गलत खबर बाहिरिएको अनुमान डा. अधिकारीलले गरेका छन् । ‘उहाँलाई भेटेपछि अस्पतालबाट बाहिरिएका आफन्तबाटै यो अपबाह बाहिरिएको हुनुपर्छ’, उनले भने, ‘अवस्था गम्भीर, अझ गम्भीर, धेरै गम्भीर भन्दै रातारात उहाँको मृत्यु नै भएको घोषणा गरिएछ, यो बेठीक भयो ।’

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);