शिक्षासेवी तथा समाजसेवी अंगुरबाबा जोशीको निधन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

शिक्षासेवी तथा समाजसेवी अंगुरबाबा जोशीको निधन

काठमाडौं, ६ असार । प्रसिद्ध शिक्षासेवी तथा समाजसेवी अंगुरबाबा जोशीको ८९ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि क्यान्सर रोगबाट पीडित जोशीको उपचारको क्रममा महाराजगन्जस्थित न्यूरो अस्पतालमा शनिबार निधन भएको हो ।

नेपालको छात्रा शिक्षालाई जोशीको महत्वपूर्ण योगदान रहेको छ । उहाँकै अगुवाईमा काठमाडौंमा पद्म कन्या क्याम्पस स्थापना भएको हो । उक्त क्याम्पसमा पढ्ने छात्राले पहिरिने पोशाक गेरु रंगको सारी र चोला जोशीले लागू गर्नुभएको थियो ।

जोशीको जन्म सन् १९३२ अगस्ट १५ मा काठमाडौंको डिल्लीबजारमा भएको थियो । जोशीको कलिलै उमेरमा नेपालका पहिलो आणविक वैज्ञानिक बलराम जोशीसँग विवाह भएको थियो ।

२००७ सालमा एसएलसी उत्तीर्ण गर्नूभएकी जोशीले पतिसँगै वनारसबाट राजनीति शास्त्र र संस्कृत विषयमा बिए शिक्षा हासिल गनूृभएको थियो ।उहाँ बेलायतबाट कानुनमा अधिवक्ता बन्ने तथा क्याम्पस प्रमुख बन्ने पहिलो नेपाली महिला हुनुहुन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);