७ वर्षपछि अंगीकृत नागरिकता दिने निर्णयको प्रदेश २ मा विरोध | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

७ वर्षपछि अंगीकृत नागरिकता दिने निर्णयको प्रदेश २ मा विरोध

जनकपुरधाम, ६ असार । नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई सात बर्षपछि मात्र अंगीकृत नागरिकता दिने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को निर्णयको प्रदेश २ मा विरोध भएको छ ।

शनिबार बसेको प्रदेशसभा बैठकमा जनता समाजवादीका सांसदहरुले नेकपाको यो निर्णय महिला र मधेश बिरोधी भएको बताएका छन् । साथै नेकपाले नेपाल र भारतको वैवाहिक र सांस्कृतिक सम्बन्धलाई उजाड्न खोजेको उनीहरूको आरोप छ ।

जनता समाजवादी पार्टीका सांसद मनिष कुमार सुमनले राज्य व्यवस्था समितिलाई प्रभावित गर्दै नेकपाले यस्तो निर्णय गरेको बताउनुभयो ।

नेपाली कांग्रेस सांसद शिवचन्द्र चौधरीले विवाह गरेर आएको ७ बर्षको बीचमा बच्चा जन्मियो र त्यहीं बीचमा महिलाका पतिको देहान्त भएमा महिलाले कसरी अधिकार पाउने भनी प्रश्न गर्नुभयो । उहाँले कुनै राजनीतिक कारणले सम्बन्ध बिथोल्ने कार्य कदापी मान्य नहुने बताउनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);