चीन र भारतीय सैनिकको झडपबारे यस्तो छ परराष्ट्रको प्रतिक्रिया | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

चीन र भारतीय सैनिकको झडपबारे यस्तो छ परराष्ट्रको प्रतिक्रिया

foreign ministry

काठमाडौं, ६ असार । चीन र भारतबीच लद्दाखको गलवान भ्यालीमा भएको झडपबारे नेपालले औपचारिक प्रतिक्रिया दिएको छ । शनिबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेर लद्दाखको गलवान उपत्यका क्षेत्रमा उब्जिएको समस्यालाई समाधान गर्नमा नेपालका दुई मित्रवत छिमेकीहरु समक्ष रहने विश्वास व्यक्त गरिएको छ ।

“नेपाल उत्पन्न सीमा विवाद शान्तिपूर्ण तवरले समाधान गर्न सक्छन् । नेपाल सँधै क्षत्रिय र विश्व शान्तिको पक्षमा उभिँदै आएको छ”, विज्ञप्तिमा भनिएको छ, “भारत र चीनबीच गल्वान उपत्याकालाई लिएर उत्पन्न सीमा विवाद असल छिमेकीको हिसाबले द्विपक्षिय, क्षत्रिय र विश्व शान्तिलाई कायम राख्ने गरी मतभेदहरूलाई शान्तिपूर्ण हिसाबले समाधान गर्नेछन् भन्ने विश्वास छ ।”

शनिवार नै चीनले पहिलो औपचारिक प्रतिक्रिया दिँदै दुई देशको सीमा क्षेत्रमा भारतीय र चिनियाँ सुरक्षाकर्मीबीच भएको भिडन्तलाई भारतीय सुरक्षाकर्मीको ‘नियोजित उक्साहट’ भनेको छ।

शुक्रवार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कुनै पनि विदेशी सेना भारतीय क्षेत्रमा प्रवेश नगरेको र भारतीय भूमि नगुमेको बताउनुभएको थियो ।

गलवान भ्यालीमा चीन र भारतका सैनिकबीच हिंसात्मक झडप भएको थियो जसमा २० भारतीय सैनिकको मृत्यु भएको थियो।

mofha press

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);