जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख भट्टको निधन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख भट्टको निधन

डडेल्धुरा । जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गणेशराज भट्टको निधन भएको छ । काठमाडौंको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचाररत भट्टको सोमबार निधन भएको कांग्रेस डडेल्धुराले जनाएको छ ।

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सहभागी हुन डडेल्धुराबाट काठमाडौं पुगेका प्रमुख भट्ट मंसिर २८ गते एक्कासि बेहोस भएका थिए। त्यसपछि उनलाई सुमेरु अस्पतालमा भर्ना गरियो थियो । त्यहाँ ठिक नभएपछि थप उपचारका लागि उनलाई अन्नपूर्ण न्यूरो अस्पतालमा लगिएको थियो । सुगर लेभल र ब्लड प्रेसर बढेपछि चिकित्सकले उनलाई ‘ब्रेन हेम्रेज’ भएको बताएका थिए ।

२०४६ सालमा पाटन क्याम्पसमा अध्ययन गर्दा नेपाल विद्यार्थी संघमा आबद्ध भएका भट्टको कांग्रेस राजनीतिमा योगदान छ । नेपाल तरुण दलका पूर्वकेन्द्रीय सचिवसमेत भएका भट्ट सातौं जिल्ला अधिवेशनबाट यसपटक कांग्रेस डडेल्धुरा प्रदेश (ख)का क्षेत्रीय सभापति बनेका थिए । ५० वर्षीय भट्ट डडेल्धुरा जिल्ला अदालत बार इकाईका पूर्वअध्यक्षसमेत हुन् । भट्ट जिल्ला समन्वय समिति महासंघका केन्द्रीय उपाध्यक्ष पनि हुन् ।

जनआन्दोलमा उनले करिब तीन महिना जेल जीवन बिताएका थिए । २०६१ माघ १९ मा तत्कालीन राजा ज्ञानेन्द्र शाहले ‘कु’ गरेपछि उनीलगायत चार जनाले डडेल्धुरामा आन्दोलनको नेतृत्व गरेका थिए । माघ २५ गते उनीहरू जेल परेका थिए । उनका दुई छोरी र एक छोरा छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);