जन्ती बोकेको यात्रुबस दुर्घटना हुँदा १६ जना घाईते, ५ गम्भीर | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

जन्ती बोकेको यात्रुबस दुर्घटना हुँदा १६ जना घाईते, ५ गम्भीर

बारा । बाराको मानमत कलैया सडक खण्ड अन्तरर्गत जीतपुरसिमरा उपमहानगरपालिका वडा नं।१६ को डकाहमा जन्ती बोकेको यात्रुबस दुर्घटना हुँदा १६ जना घाईते भएका छन् ।

सोमवार विहान सवा १० बजेको समयमा भएको दुरेघटनामा परि घाईते मध्ये ५ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

उनीहरुको उद्दार गरी उपचारका लागि जिल्ला अस्पताल कलैया तथा नेशनल मेडिकल कलेज बिरगंज पठाइएको छ ।

बसका सहचालक ३८ बर्षिय मुस्ताक खानको दाहिने खुट्टा काटिएको छ । १२ वर्षिय रियाजुल लहेरी , गौरीशंकर विश्वकर्मा , जाकिर लहेरी , आवास लहेरीको अवस्था गम्भिर छ ।

उनीहरु मध्य केहीको टाउको , हाँत तथा खुट्टामा गहिरो चोट देखिएको छ । बाँकी अन्य घाईतेको अवस्था सामान्य रहेको बारा प्रहरीले जनाएको छ ।

ना।४।ख।४७४९ नम्बरको बसमा रौतहटको गुजरा नगरपालिका ६ खतबैयाटोलबाट मुस्लीम युवाको बिवाहको जन्ती लिएर बाराको जीतपुरसिमरा उपमहानगरपालिका १९ को बहडिलवा जाँदै थियौं । बस तिब्र गतीमा थियो । अगाडीको डकाह मोडलाई देखाउँदै बसमा सवार शेख नासिरले भने यहाँ आए पछि अचानक गाडी अनियन्त्रीत भई चार बल्ड्याङ्ग खायो । धेरै जना घाईते भयौं ।

आँफुलाई समान्य चोट लागेको तर , ठिक रहेको उनले बताए । बसमा केटाकेटी सहिँत करिब ३० जना जती सवार थियौं । यो बाटो होईन भन्दा भन्दै डाईभरले जबरजस्ती गरेर यता ल्याएयो ।

दुर्घटनामा परियो उनले भने । दुलाह भने सानो गाडीमा अगाडी गईसकेका छन् । दुलाहका आफन्त नातेदार हामी बसमा थियौं ।

घाईते यात्रुहरुको नेपाल प्रहरी , सशस्त्र प्रहरी एवंम् स्थानीयको सहयोगमा उद्दार गरिएको हो । सशस्त्र प्रहरीको स्वास्थ्यकर्मी टिमले घाईतेको प्रार्थमिक उपचार समेत गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);