बबरमहलमा कार दुर्घटना, तीन जना घाइते  | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८१, सोमबार

बबरमहलमा कार दुर्घटना, तीन जना घाइते 

काठमाडौं । काठमाण्डौको बबरमहलमा आज बिहान कार दुर्घटना हुँदा ३ जना घाईते भएका छन् । घाईते हुनेमा कार चालक भक्तपुर कमलबिनायकका २५ वर्षीय बिकाश बुढाथोकी, कारमा सवार सोही ठाँउका २७ वर्षीय जिनी चौरसीया र रामेछाप घर भई हाल कमलबिनायक बस्ने २१ वर्षीय जीवन गिरी रहेका छन् ।

घाईते ३ जनाकै सिभिल अस्पताल बानेश्वरमा उपचार भैरहेको छ । घाईते मध्ये गिरीको अवस्था गम्भिर रहेको छ । आज बिहान पौने ३ बजे बा २ च ८५३३ नम्बरको कार आफै अनियन्त्रित भई सडकमा पल्टिएको प्रहरी वृत्त सिंहदरबारले जानकारी दिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);