वर्षाले प्रांगण भासिँदा मन्दिर जोखिममा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

वर्षाले प्रांगण भासिँदा मन्दिर जोखिममा

खोटाङ। खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको धार्मिक तथा पर्यटकीयस्थल मझुवागढीस्थित कालिका भगवती मन्दिरको प्रांगण भासिएको छ । शुक्रबार राती परेको भारी वर्षाको कारण मन्दिरको प्रांगण भासिएर धाँजा फाटेको हो । मन्दिरको पेटीमुनिबाट करिब ३० मिटर लम्बाई भएर चिरा परेर चर्किएपछि जोखिम बढेको पुजारी नवराज घिमिरेले बताए । २०७३ सालमा लगाइएको टेवा पर्खालमाथि फिलिङ गरिएको माटो भासिदा मन्दिर जोखिममा परेको छ । यसअघि सामान्य चर्किएको मन्दिरको प्रांगण एकै रातको वर्षाले भासिएर चिरा परेर फाटेको लफ्याङका वडा सदस्य गोविन्दबहादुर कट्वाल बताउँछन् । फिलिङ माटो भासिँदा टेवा पर्खाल र पर्खालमुनिको ताकिल समेत भासिएको छ । निर्माण लगत्तै चिरा परेको टेवा पर्खाल वर्षाका कारण थप फाटेको स्थानीय बताउँछन् । वर्षाको पानीलाई चिरा परेको ठाउँबाट अन्यत्र पठाउने व्यवस्था नमिलाए मन्दिर आसपासको चर्किएको भागबाट पहिरो जाने खतरा बढेको छ । मन्दिरको प्रांगणबाट तल चिरा परेपछि पूजापाठमा पुगेका दर्शनार्थीले त्रास मानिरहेका छन् । दिक्तेलबजारबाट पैदल ४५ मिनेटमा पुगिने मन्दिरमा दर्शन गर्न र भाकल पूरा गर्नेको दैनिक भीड लाग्ने गरेको छ । मन्दिरमा दैनिकजसो बाख्राको पाठी बली दिने गरिन्छ ।

चारैतिर हरियाली जंगलले घेरिएको गढीमा घुमफिर गर्ने, पिकनिक जाने, अध्ययन भ्रमण गर्ने, साहित्यिक तथा सांगीतिक कार्यक्रम गर्नेसम्मका स्थानीय पुग्ने गरेका छन् । गढीमा हरेक वैशाख पूर्णिमाको दिन राई समुदायले पूजा गर्दै साकेला नाच्ने प्रचलन छ । अग्लो डाँडा भएका कारण टाढा–टाढाका दृश्यावलोकनका लागि समेत स्थानीय मझुवागढी उक्लिने गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);