रथले कुल्चिएर बारामा २ को मृत्यु, १६ भन्दा बढी घाईते | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

रथले कुल्चिएर बारामा २ को मृत्यु, १६ भन्दा बढी घाईते

श्याम गुप्ता
बारा ।
बेहुला चढ्ने रथले कुल्चिएर बारामा दुई जनाको मृत्यु भएको छ भने १६ जना भन्दा बढी घाईते भईका छन् । जिल्लाको आदर्शकोतवाल गाउँपालिका वडा ३ मा बेहुला चढ्नका लागी तयार गरिएको रथले किचेर गएराती करीब साँढे सात बजेको समयमा घटना स्थलमा नै दुई जनाको ज्यान गएको हो ।

ब्रम्हबाबाको पुजा सकेर जन्तीको तयारीका लागि हिडेको मानव भीडलाई रथले कुल्चिएको प्रत्यक्षदर्शीले बताएका छन् । एक्कासी हुईकिएको रथमा सवार २ जना महिलाको घटना स्थलमा नै ज्यान गएको प्रहरीले जनाएको छ । सोही दुर्घटनामा परि १६ जना भन्दा बढी मानिसहरु घाईते भएका छन् । जस मध्ये ७ जनाको अवस्था गम्भिर रहेको प्रहरीले बताएको छ ।

घाईते मध्ये ९ जनाको कलैया स्थित राज्यलक्ष्मी रिलिफ हस्पीटल प्राली र ७ जनाको बिरगंज स्थित न्यूरो अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी राजेश थापाले जानकारी दिएका छन् ।

उक्त दुर्घटनामा परी रथमा सवार आदर्श कोतवाल गाउँपालिका वडा ३ बतरा बस्ने बनारसी रामको १५ वर्षिया छोरी निलम कुमारी राम र सिम्रौनगढ नगरपालिका ७ जानकीनगर टोल बस्ने दिपेन्द्र रामकी श्रीमती २५ वर्षिया बालकुमारी राम रहेको डिएसपी थापाले जानकारी दिए ।

मृतकहरुको शव परिक्षणको लागी जिल्ला अस्पताल कलैयामा ल्याईएको छ । सोही दुर्घटनामा परी गम्भीर घाईते भएका आदर्श कोतवाल गाउँपालिका वडा ३ बतराका २४ वर्षिय अरविन्द राम, १८ वर्षिय सियाराम राम, १२ वर्षिय जितेन्द्र राम, १० वर्षिय अजित राम सहिँत ७ जनालाई बिरगंज न्यूरो अस्पतालमा उपचारको लागी भर्ना गरिएको उनले जानकारी दिए ।

उक्त दुर्घटनामा घाईते मध्ये १२ वर्षिया सान्झा कुमारी, ५० वर्षिय सयल देवी राम, १७ वर्षिया श्रीपति कुमारी, १३ वर्षिय सागर राम, १८ वर्षिय नरेन्द्र राम सहित ९ जनाको राज्यलक्ष्मी रिलिफ हस्पीटल प्राली कलैयामा उपचार भईरहेको छ ।

आदर्श कोतवाल गाउँपालिका वडा ३ बतरा टोल बस्ने लक्षु राम महरा चमारको छोरा सियाराम महरा चमारको बिहेमा ल्याइएको मोटर रथ गाउँ कै ब्रम्हस्थानमा पुजा गरी फर्किदै गर्दा उक्त दुर्घटना भएको थियो । दुर्घटनामा परी घाईते भएका १८ वर्षिय नरेन्द्र रामले चालक फेरिए पछि रथको गति अनियन्त्रित भएको बताए ।

ब्रम्हस्थानबाट केही अगाडी बढेको रथको चालकको सिटमा अर्को मानिस बसेको केही बेर मैं तिब्र गतिमा गुड्न सुरु भएको अस्पतालमा उपचाररत अवस्थामा रहेका रामले बताए । उनले अगाडी रहेका सबै मानिसलाई कुल्चिदै रथ केही पर रुखमा ठोकिएर पल्टिएको बताए ।

रथको अगाडी र छेउछाउमा रहेका सबै मानिस घाईते भएको उनले जानकारी दिए । सोही जन्तीमा पाहुना बनेर आएकी बाजोपट्टीकी मतिया देवी रामले फिल्ममा देखाएको सिन जस्तै रथले मानिसलाई कुल्चेको बताईन् । रथमा सवार र रथको दायाँ, बायाँ, अगाडी रहेका सबै मानिस घाईते भएका छन् ।

घाईतेहरुको उपचारमा संलग्न राज्यलक्ष्मी रिलिफ हस्पीटल प्रालीका ईन्चार्ज समेत रहेका डा.ओमप्रकाश कुशवाहाले रथ दुर्घटनामा घाईते हुँनेहरु मध्ये अधिकांशको टाउको, हाँतखुट्टा, निधार लगायतमा गम्भिर घाउचोट लागेको र धेरैको हातखुट्टा फ्याक्चर भएको जानकारी दिए । राज्य लक्ष्मी अस्पतालमा मात्र १६ जना घाईते उपचारको लागी आएको उनले जानकारी दिए । त्यस मध्ये ४ जनालाई थप उपचारका लागि बिरगंज रिफर गरिएको उनले जानकारी दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);