वीरगञ्ज महानगरका ३० वटा सीसीटिभी क्यामरा प्रयोगबिहीन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

वीरगञ्ज महानगरका ३० वटा सीसीटिभी क्यामरा प्रयोगबिहीन

पर्सा। वीरगञ्ज महानगरपालिकामा जडान भएका सीसीटिभी क्यामरामध्ये ३० वटा क्यामरा सञ्चालनमा छैनन् ।

जिल्ला प्रहरी कार्यालय, पर्साले उपलब्ध गराएको तथ्याङ्क अनुसार महानगर क्षेत्रका २० स्थानमा ८२ वटा क्यामरा जडान भएकोमा अहिले ५२ वटा मात्र चालू अवस्थामा छन् । १५ वटा क्यामरा मर्मत गरेर काम लाग्ने खालका छन् भने ९ वटा पुरानो भएर काम नलाग्ने अवस्थाका छन् ।

त्यसैगरी, दुईवटा आगो लागेर र चारवटा चट्याङले नष्ट भएका छन् । वीरगञ्ज महानगरपालिका र वीरगंज उद्योग वाणिज्य संघले सेफर वीरगञ्जमार्फत जिल्ला प्रहरी कार्यालय, पर्साले अनुगमन गर्ने गरी सीसीटिभी क्यामरा जडान गरेका थिए ।

वीरगञ्जका माईस्थान, हिमालयन बैंक, लाठगल्ली, महावीर मन्दिर, आदर्शनगर चोक, सनराइज बैंक, लोहारपट्टी, घडीअर्वा, अलखियारोड, मकालुचोक, नबिल बैंक, काली मन्दिर, एभरेस्टरग्लोबल बैंक, जिप्रका गेट, पुरानो बसपार्क, एसबिआई बैंकलगायतका ठाउँमा सीसीटिभी क्यामरा जडान भएका छन् ।

मर्मत गरिएका क्यामरा जडित क्षेत्रमै लगाउने कार्यक्रम छ भने थप क्यामरा जडान गर्ने पहल पनि भइरहेको प्रहरीले बताएको छ । सीसीटिभी क्यामरा जडित क्षेत्रमा हुने अपराधको अनुसन्धानमा प्रहरीलाई ठूलो सहयोग पुग्दै आएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);