काँकरभिट्टा क्षेत्रमा थप २१ वटा सिसी क्यामेरा जडान | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काँकरभिट्टा क्षेत्रमा थप २१ वटा सिसी क्यामेरा जडान

खगेन्द्र घिमिरे
झापा, ८ साउन । के तपाइँ नेपालको पूर्वी नाका काँकरभिट्टाबाट आवातजावत गर्दै हुनुहुन्छ ? हुनुहुन्छ भने याद गर्नु होला तपाइँ सिसी टिभीको निगरानीमा हुनुहुन्छ । पूर्वी नेपालमा रहेको प्रमुख द्धारको रुपमा रहेको व्यापारिक नगर काँकरभिट्टा मेचीनगर नगरपालिकाको प्रमुख प्रवेश मार्गको मुख्य चोकमा सुरक्षा व्यवस्थालाई कडाई गर्न दर्जनाैं सिसी क्यामेरा जडान गरिएको छ ।

यस अघि मेची भन्सार मातहतमा दुई दर्जन बढी सिसी क्यामेरा भन्सार क्षेत्रमा जडान गरिएको थियो । काँकरभिट्टा क्षेत्रमा थप २१ वटा क्यामेरा जडान गरिएका छन् । काँकरभिट्टामा सिसी क्यामेरा जडान हुँदा सुरक्षा प्रबन्ध अझै मजबुत हुने, आपराधिक गतिविधिमा कमी आउने स्थानीयले अपेक्षा गरेका छन् ।

जडान गरिएका सिसी टिभी क्यामराहरु इलाका प्रहरी कार्यालय काँकरभिट्टाको निगरानीमा राखिएका छन् । सिसी टिभी क्यामरा जडानले अपराध नियन्त्रण तथा अपराधी पत्ता लगाउन टेवा पुगेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डिएसपी गोबिन्द कुमार कार्कीले बताउनु भयो ।

मेचीनगर नगरपालिकाको पाँच लाख ८४ हजार, स्थानीय व्यापारी बिभिन्न संघ र संस्था समेतको सहभागीतामा छ लाख ६५ हजार र ऋण दुइ लाख ४० हजार गरी १४ लाख ५० हजार लागतमा सिसी टिभी क्यामरा जडानका लागि लगाइएको छ ।

काँकरभिट्टामा सबै क्षेत्रलाई निगरानीमा राख्न ५४ वटा क्यामरा जडान गर्ने लक्ष्य लिईएको छ । सिसी टिभी क्यामराको संख्यामा बृद्धि गर्दै लैजाने योजना रहेको पर्यटन तथा यातायात व्यवस्थापन समितिका अध्यक्ष निरबहादुर कार्की नेत्रले जानकारी दिनुभयो ।

अपराधीहरुले विभिन्न नयाँनयाँ शैली अपनाएर अपराध गर्ने भएकाले त्यसलाई नियन्त्रण गर्न समेत यो क्यामेरा जडानले सहयोग पुग्ने देखिन्छ । अपराधको सिर्जना हुने र यसको नियन्त्रणका लागि तथा दुर्घटनामा अनुसन्धान गर्न सिसी क्यामराहरु उपयोगी तथा नाकामा सिसी क्यामरा जडानले अपराधमा कमी आउने विश्वास रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);