सुरक्षाका लागि जडान गरिएको सिसी क्यामेरा बिग्रीएपछि व्यवसायी र स्थानीय चिन्तित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

सुरक्षाका लागि जडान गरिएको सिसी क्यामेरा बिग्रीएपछि व्यवसायी र स्थानीय चिन्तित

अजितकुमार झा
सुनसरी, १५ फागुन । सुनसरीको धरान उपमहानगरपालिकाको मुख्य चोकमा जडान गरिएको सिसी क्यमेरा बिग्रिएको लामो समय भयो । सुरक्षाका लागि जडान गरिएको सिसी क्यामेरा बिग्रीएपछि अपराधिक गतिविधि बढ्ने भन्दै व्यावयासी र स्थानीयले असुरक्षित महसुस गरेका छन् ।

२०७० सालमा धरानको मुख्य चोकहरुमा १६ वटा सिसी क्यामेरा जडान गरिएको थियो । १६ वटा सिसी क्यामेरा मध्ये १५ वटा बिग्रिएका छन् । सुरक्षा सुरक्षा निग्रानीका लागि क्यामेरा जडान गरिएको हो । तर बिग्रिएको १ बर्ष बितिसक्दा पनि क्यामेरा मर्मत गर्न सम्बन्धित निकायले चासो दिएका छैनन् ।

पोल तथा तारहरुमा बाँदर दौडदा सिसी क्यामेराको तारहरु चुडिएर काम नलाग्ने भएका हुन् । सिसी क्यामेरा बिग्रदा सुरक्षा चुनौती थपिएको छ । झण्डै १० लाखको लागतमा उद्योग वाणिज्य संघ र भिगोरस नेपाल संस्थाको सहयोगमा क्यामेरा जडान गरिएको हो । जडान गरिएको सिसी क्यामेराको संरक्षण र मर्मत गर्न चासो नदिएको सरोकारवाला बताउछन् ।

व्यस्त हुने धरान बजारका व्यवसायीले सिसी क्यामेरा बिग्रिएपछि असुरक्षित महसेस गरेका छन् । बिग्रिएको क्यामेरा मर्मत गरेर संचालनमा ल्याउन स्थानीय र व्यवसायीले माग गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);