काठमाडौं, ७ चैत्र । कैलालीमा ट्याक्टरमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । सोमबार राति जिल्लाको जोशीपुर गाउँपालिका–७ हजारीबारा भन्ने स्थानमा ट्याक्टर दुर्घटना हुँदा २८ जना घाइते भएका छन् ।
बर्दगोरिया गाउँपालिका ६ सुगरखालका आफन्तको घरबाट पास्नी भोज खाएर फर्कने क्रममा ट्याक्टरमा दुर्घटना परेको प्रहरीले जनाएको छ । घोडाघोडी अस्पतालमा उपचारको क्रममा भजनी ९ की चाहाना चौधरी र दिलरानी चौधरीको मृत्यु भएको हो ।
सुरज चौधरीले चलाएको से १ त ८८७० नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको हो ।




