आज यी प्रदेशमा असिनासहित पानी पर्ने | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

आज यी प्रदेशमा असिनासहित पानी पर्ने

काठमाडौं, ७ फागुन । हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको पनि प्रभाव रहेको छ। अहिले देशभर सामान्य देखि पूर्ण बदली रही केहि स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित वर्षा भइरहेको जल तथा मौसम विभाग महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहने छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग/हावा–हुरी/असिना सहित क्षणिक/हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यसैगरी आज राती देशभर आँशिक देखि सामान्य बदली रहने छ। देशको पहाडी भू–भागका थोरै स्थानहरूमा तथा तराई भू–भागका एक–दुई स्थानमा मेघ गर्जन / चट्याङ्ग/हावा–हुरी/असिना सहित क्षणिक/हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);