आज तराई र पहाडमा अपरान्हतिर मेघ गर्जनसहित वर्षा हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

आज तराई र पहाडमा अपरान्हतिर मेघ गर्जनसहित वर्षा हुने

काठमाडौं, २ चैत्र । हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागहरूमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विभागले जनाएको छ ।

आज दिउँसो देशभर आंशिक देखी सामान्य बदली रहने छ । देशको पहाडी भू–भागका थोरै स्थानहरू तथा तराई भू–भागका एक–दुई स्थानमा अपरान्हतिर मेघ गर्जन÷चट्याङ्ग सहित क्षणिक÷हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यस्तै, राती देशको पहाडी भू–भागहरूमा आंशिक देखी सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङ्ग सहित क्षणिक÷हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);