आज गण्डकी, कर्णाली र सुदुर–पश्चिममा वर्षा हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

आज गण्डकी, कर्णाली र सुदुर–पश्चिममा वर्षा हुने

काठमाडौं, २९ फागुन । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । देशको पहाडी भू–भागका केही स्थानहरुमा आँशिक देखि सामान्य बदली रही बाँकी भू–भागहरूको मौसम आँशिक बदली देखि सामान्यतया सफा रहेको जल तथा मौसम विभाग महाशाखाले जनाएको छ ।

आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक देखी सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ भने देशका पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यसैगरी आज राती गण्डकी, कर्णाली र सुदुर–पश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक देखी सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । गण्डकी, कर्णाली र सुदुर–पश्चिम प्रदेशका पहाडी भू–भागमा एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित क्षणिक÷हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);