पहाड र तराईमा मेघ गर्जनसहित वर्षा | ईमाउण्टेन समाचार

Our Network

चैत १७ २०८०, शनिबार

पहाड र तराईमा मेघ गर्जनसहित वर्षा

काठमाडौं, ५ चैत्र । हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । अहिले देशभर आँशिक देखि सामान्य बदली रही बागमती प्रदेश, मधेश प्रदेश र कोशी प्रदेशका केहि भू–भागहरुमा मेघ गर्जन/चट्याङ सहित वर्षा भइरहेको जल तथा मौसम विभाग महाशाखाले जनाएको छ ।

त्यस्तै, आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशको पहाडी भू–भागहरुका केही स्थानहरू तथा तराई भू–भागका थोरै स्थानमा मेघ गर्जन / चट्याङ्ग सहित क्षणिक÷हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आज राती देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशका पहाडी भू–भागका थोरै स्थानहरुमा तथा तराई भू–भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक÷हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);