आज चार प्रदेशमा वर्षा | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८०, आइतबार

आज चार प्रदेशमा वर्षा

काठमाडौं, ३ चैत्र । हाल देशमा स्थानीय वायु संगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। अहिले देशभर आंशिक देखि सामान्य बदली रही कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन चट्याङ सहित हल्का वर्षा भईरहेको जल तथा मौसम विभाग महाशाखाले जनाएको छ ।

त्यस्तै, देशभर आंशिक देखी सामान्य बदली रहने छ। देशको पहाडी भू–भागका केही स्थानहरू तथा तराई भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग/ हावाहुरी सहित क्षणिक÷हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यसैगरी, आज राति देशभर आंशिक देखी सामान्य बदली रहने छ । पहाडी भू–भागका थोरै स्थानहरुमा तथा तराई भू–भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित क्षणिक÷हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);