फौजी किरा नियन्त्रण गर्न कृषकलाई निःशुल्क विषादी वितरण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

फौजी किरा नियन्त्रण गर्न कृषकलाई निःशुल्क विषादी वितरण

भोजपुर । अमेरिकन फौजी किराले मकैबाली नस्ट गर्न थालेपछि भोजपुरको पौवादुङमा गाउँपालिकाले निःशुल्क विषादी वितरण गरेको छ ।

फौजी किराका कारण समस्या परेका कृषकलाई लक्षित गरेर गाउँपालिकाले निःशुल्क विषादी वितरण गरेको हो । गाउँपालिकाको सानोदुम्मा, ठुलोदुम्मा, बास्तीम, च्याङ्ग्रे लगाएत ठाउँमा फौजी किराको प्रकोप रहेको गाउँपालिकाको कृषि शाखाले जनाएको छ ।

किसानको समस्या समाधानको लागि आवश्यक सहयोग गरिरहेको शाखाको भनाई छ ।

गाउँपालिकाले वडास्तरबाट कृषकलाई आवश्यक विषादी दिने व्यवस्था मिलाएको छ, भने केन्द्रबाट पनि विषादी वितरण गर्दै आएको छ । किसानको लागि आवश्यक पर्ने मलसमेत यस वर्ष समयमा नै वितरण भएको गाउँपालिकाको भनाइ छ ।

जिल्लाको तल्लो क्षेत्रको अधिकाश भागमा यसवर्ष पनि फौजी किराको प्रकोप देखिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);