दाङमा अमेरिकन फौजी किराकोे प्रकोप | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

दाङमा अमेरिकन फौजी किराकोे प्रकोप

दाङ, १० जेठ । लामो समयदेखिको लकडाउनले गर्दा आफ्नो उत्पादन बजारसम्म पुराउन नपाएर मूलुकभरका किसानहरु मारमा परिरहेका छन् । तर दाङमा लकडाउनको मारसंगै मकै खेती लगाएका कृषकहरुलाई अर्को समस्याले पिरोल्न थालेको छ । पछिल्लो केही दिन देखि मकै खेतीमा अमेरिकन फौजी किराको प्रकोपले लगाएको अधिकांश मकै सखाप पार्न लागेपछि कृषकहरु आत्तिएका छन् ।

यसबर्ष समयमै पानी परेकाले दाङका कृषकहरुले समयमा नै मकै लगाएका थिए । समयमा नै लगाउन पाएकाले गएका बर्षहरुमा भन्दा यसबर्ष राम्रो उत्पादन हुने उनिहरुको आशा थियो । लकडाउनका कारण अन्य काम गर्न नपाएको कारण मकै खेतीलाई नै कृषकहरुले आफ्नो जिविकोपार्जनको आधार बनाउन खोजेका थिए ।

तर पछिल्लो केही दिन यता मकैवारीमा अमेरिकन फौजी किराको प्रकोप बढे पछि कृषकहरुलाई पिरोलेको छ । लगाएको सबै मकै नष्ट हुँदा फेरी लगाउनु पर्ने अवस्था आएको कृषकको भनाई छ ।

शान्तिनगर ४ का थल्लु प्रसाद खरालले फौजी किराले मकैमा धेरै क्षति पु¥याएको भन्दै वडाबाट दिएको किटनाशक विषादीले आफुहरुलाई नपुग्ने बताउनुभयो ।

दाङको लमही, घोराही, तुलसीपुर लगाएत अन्य स्थानीय तहमा पनि यो किराको प्रकोप देखिएको छ । गाउँपालिकाले आकस्मिक बाली कोष स्थापना गरेर सो कोषबाट प्रत्येक वडामा ३० विगाहलाई पुग्ने विषादी वितरण गरेको गाउँपालिकाका कृषि शाखा प्रमुख यमकान्त पाण्डेले जानकारी दिनुभयो ।

यो किराले १ सय ३२ वटा बालीलाई नष्ट गर्ने सक्दछ । तर सबैभन्दा बढी क्षति मकैलाई गर्ने भएकाले यसलाई नियन्त्रण गर्न सुरक्षित विषादीको प्रयोगबाट गर्ने सकिने कृषि शाखाले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);