लगानीकर्ताद्वारा राहत घोषणा गर्न माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

लगानीकर्ताद्वारा राहत घोषणा गर्न माग

काठमाडाैं, १० जेठ । माहामारीको रुपमा फैलिएको कोभिड १९ को असर विश्व भरनै फैलिएकाे र मानवता विरुद्ध द्रुत गतिमा आक्रमण गरिरहेको छ ।

विश्वमा विभिन्न देशहरुले आफ्नो अर्थतन्त्र जोगाउन राहात प्याकेज घोषणा गरेका छन् । यस्तै नेपालका शेयर बजारका लगानीकर्ताको हकहितका लागि संगठित संघहरुले पूँजीबजारको नीतिगत सुधार र लगानीकर्ताहरुका लागि राहत घोषणा गर्न माग गरेका छन् ।
लगानीकर्ताका चार संगठनले २० बुँदे सुझावसहितको संयुक्त विज्ञप्ति जारी गर्दै नीतिगत सुधार र राहतको माग गरेका हुन् ।

सरकार लगायत नियामक निकायले शेयर बजारका लगानीकर्ताहरुलाई पनि प्राथमिकतामा राखेर राहत प्याकेज घोषणा गर्नुपर्ने माग ती संस्थाका प्रतिनिधिहरुले गरेका छन् । नेपालको सन्दर्भमा शेयर कारोबारलाई नै मुख्य पेशा बनाई यसैमार्फत राष्ट्रिय पूँजि निर्माणमा योग्दान दिइ आइरहेका लगानीकर्ताहरुले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट शेयर धितो राखी कर्जा लिएको समेत बताएका छन् ।

कोरोना संक्रमणको अहिलेको अवस्थामा शेयर बजारलाई चलायमान बनाउन नसकिने अवस्था रहेको बताउदै उनीहरुले यस अवस्थामा शेयर बजारको लागि ठूलो राहतको आवश्यकता परेको बताएका छन् ।

अर्थतन्त्रको मेरुदण्ड र आर्थिक ऐनाको रुपमा हेरिने र पारर्दशी रुपमा कारोवार गरिने शेयरबजारलाई िबना सुधार यथास्थितिमा राख्दा शेयर लगानिकर्ताहरुको सम्पति ठूलो मात्रामा गुम्न सक्ने देखिन्छ । पूँजिबजारको विकास र विस्तारको लागि सकारात्मक सम्बोधन हुनु अत्यन्त आवश्यक देखिन्छ ।

आफ्ना मागहरु सम्बन्धित निकायबाट सम्बोधन भएमा बजारको गुणात्मक र परिमाणात्मक विकास हुने  विश्वाससमेत उनीहरुले गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);