उम्मेदवार वर्षमान पुनमाथि फेरि आक्रमण | ईमाउण्टेन समाचार

Our Network

भदौ १४ २०८३, सोमबार

रोल्पा, २६ कार्तिक माओवादी केन्द्रका वरिष्ठ नेता एवम् रोल्पाबाट प्रतिनिधि सभा सांसद उम्मेवादर वर्षमान पुनमाथि सोमबार फेरि आक्रमणको प्रयास भएको छ।

प्र्वमन्त्री पुनलाई चुनावी कार्यक्रममा जान लाग्दा दुई खोली गाउँपालिकाको चिउरी खोलामा ढुंगा प्रहार गरिएको थियो। ढुंगा पुनलाई नै लक्षित गरेर भीरबाट खसाइएको थियो।

पुनको घरदैलो कार्यक्रममा विथोल्ने उद्देश्यले ढुंगा प्रहार गरिएको प्रहरीले जनाएको छ। ढुंगा खसेपछि प्रहरीले हवाई फायर गरेको थियो ।

प्रहरीले घटनामा नेत्रविक्रम चन्द नेतृत्वको माओवादीको संलग्नता रहेको हुन सक्ने अनुमान गरेको छ। यसअघि आइतबार पनि पुन चढेको गाडी लक्षित गरेर एम्बुस पड्काइएको थियो।